२०८३ जेष्ठ १६ गते, शनिबार १९:३०

लोसपाको मधेस प्रदेश कमिटि विस्तार, जितेन्द्र सोनल अध्यक्ष

वीरगंज —

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेस प्रदेश कमिटिको विस्तार गरी ८७ सदस्यीय कार्यसमिति गठन गरेको छ। पार्टीको संशोधित विधान अनुसार मंगलबार भएको केन्द्रीय कार्यसमितिको बैठकले यसको निर्णय गरेको हो।

मधेस प्रदेश कमिटिको अध्यक्षमा पूर्वमन्त्री जितेन्द्र सोनललाई चयन गरिएको छ। उपाध्यक्षमा चार जनालाई मनोनयन गरिएको छ, जसमा सिरहाबाट रामबाबु यादव, महोत्तरीबाट अरुण पाठक, धनुषाबाट रामज्ञान मण्डल र रौतहटबाट विन्देश्वर यादव रहेका छन्।

मुख्यसचिवमा धनुषाका रामविनोद चौधरीलाई चयन गरिएको छ भने सचिवमा पाँच जनालाई मनोनयन गरिएको छ। सचिवमा रौतहटका ओमलोक पटेल, महोत्तरीका सरयुग यादव, महोत्तरीकै राजेन्द्र सिंह कुशवाहा, जलाइदिन राइन र सिरहाका राजकुमार महरा रहेका छन्। कोषाध्यक्षमा सर्लाहीका प्रेमशिला यादवलाई चयन गरिएको छ।

मधेस प्रदेशका आठ जिल्लाबाट ७५ जनालाई कार्यकारिणी तथा प्रदेश समिति सदस्यमा चयन गरिएको छ। अध्यक्ष जितेन्द्र सोनलले यो समिति समावेशीताको आधारमा सबैको सहमतिमा गठन गरिएको बताएका छन्।

लोसपाको यस निर्णयले पार्टीको मधेस प्रदेशमा संगठनात्मक मजबुती बढाउने अपेक्षा गरिएको छ। पार्टीले समावेशीताको आधारमा विभिन्न जिल्ला र समुदायका नेताहरूलाई समितिमा स्थान दिएर एकताको सन्देश दिएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस