बारा –
बारा जिल्ला प्रहरी कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढसँगको सहकार्यमा बढ्दो सडक दुर्घटना र जनधनको क्षति न्यूनीकरण गर्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई कडा कारबाही गर्ने घोषणा गरेको छ।
आज जारी गरिएको प्रेस विज्ञप्तिमा प्रहरीले हेल्मेट नलगाउने, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई कानुनी कारबाही गर्नुका साथै सवारी सञ्चालनका नियम र क्षतिबारे चेतनामूलक ट्राफिक कक्षासमेत अनिवार्य रूपमा सञ्चालन गर्ने जनाएको छ।

बारा जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा सडक सुरक्षा सुनिश्चित गर्न जनसाधारणलाई सचेत रहन र सहयोग गर्न आग्रह गरिएको छ। पछिल्लो समय यस क्षेत्रमा बढ्दो सडक दुर्घटनाको चिन्तालाई मध्यनजर गर्दै यो कदम चालिएको हो। बारा जिल्ला प्रहरीले यी उपायहरूले सबै सडक प्रयोगकर्ताहरूका लागि सुरक्षित वातावरण बनाउन मद्दत गर्ने आशा राखेको छ।