२०८२ असार १७ गते, मंगलवार ११:४९

काठमाडौं-

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिंखडाले ट्रेड युनियन आन्दोलन कू हुने प्रक्रियामा रहेको बताउनुभएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई मन्त्रालयमा सोमवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को तर्फबाट ज्ञापन पत्र बुझाउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका श्रमिकहरुको मुद्दा र श्रमिकहरु नै ओझेलमा परेको बताउनु भयो । बैंक तथा वित्तीय क्षेत्रमा श्रमिकहरुले आफ्ना माग राखेर आन्दोलन गर्न नपाउने फैसला आएको भन्दै उहाँले श्रमिकहरु चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले युनियनको आन्दोलनलाई नजरअन्दाज गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनु भयो । सरकारले अत्यावश्यकको नाममा श्रमिक आन्दोलनमा रोक लगाउने कार्यले दक्ष जनशक्ति पाउन छोडेको बताउनु भयो । देशमा अहिले २७ वटा पाँचतारे होटल थपिएर सञ्चालनमा आएको भएपनि दक्ष जनशक्तिको अभाव रहेको रोजगारदाताले गुनासो गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा सहभागीहरुले योग्य र सक्षम जनशक्ति देशबाट पालयन भइरहेको भन्दै त्यस्ता जनशक्ति देशमै रोक्नका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस