२०८३ असार ११ गते, बिहीबार ०४:१२

फोहरपानीमै छठ पूजा: नियामक निकायको बेवास्ताले व्रतालु बाध्य

वीरगन्ज –

जिम्मेवार निकायहरूको कमजोर कार्यसम्पादनका कारण वीरगन्जवासी फोहर पानीमै चैती छठ पूजा गर्न बाध्य भएका छन्। तीन तहको सरकार हुँदाहुँदै पनि सबैले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगर्दा सिर्सिया खोलाको प्रदूषित र दुर्गन्धित पानीमै व्रतालुहरू पूजा गर्न विवश भएका हुन्।

वीरगन्जको रानीघाट क्षेत्रमा छठ पूजा गर्न आउने व्रतालुहरूलाई सिर्सिया खोलाको फोहर पानीबाट जोगाउन स्थानीयहरूले वैकल्पिक व्यवस्था गरेका छन्। खोलाको किनारमा खाल्डो खनी त्यसमा सफा पानी भरेर पूजा गर्ने अस्थायी घाट निर्माण गरिएको छ।

कार्तिक महिनामा मनाइने छठ पर्वका बेला भने सिर्सिया खोलाको सरसफाइका लागि स्थानीय प्रशासन, वीरगन्ज महानगरपालिका तथा विभिन्न संघसंस्थाहरू सक्रिय देखिने गर्छन्। तर चैती छठका अवसरमा भने कसैले चासो नदेखाएको व्रतालुहरूको गुनासो छ।

व्रतालुहरूका अनुसार सिर्सिया खोलाको पानी अत्यन्तै रसायनयुक्त र दुर्गन्धित भएकाले किनारमा बस्नसमेत कठिन हुने अवस्था छ। प्रदूषण नियन्त्रणमा सरोकारवाला निकायहरू उदासीन देखिएको उनीहरूको आरोप छ।

स्थानीयहरूले नियामक निकायमा रहेका केही जिम्मेवार व्यक्तिहरूले खोलालाई प्रदूषित गर्ने उद्योगहरूबाट आर्थिक लाभ लिने गरेका कारण प्रदूषण नियन्त्रण हुन नसकेको आरोप पनि लगाएका छन्। रानीघाटका बासिन्दाहरूका अनुसार कानुनी प्रावधान हुँदाहुँदै पनि आर्थिक चलखेलका कारण दोषीहरू कारबाहीबाट उम्किँदै आएका छन्।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस