२०८३ असार ११ गते, बिहीबार ०४:०८

पोखरिया नगरपालिकामा अख्तियारको ‘विशाल’ छापा: जिन्सीको सामान मेयरको घरमा, कार्यालयमा बिल मात्रै!

 वीरगन्ज-

पर्साको पोखरिया नगरपालिकामा व्याप्त बेथिति र आर्थिक अनियमितताको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सर्प्राइज’ छापा मारेको छ। हेटौंडास्थित आयोगको कार्यालयबाट खटिएको टोलीले नगरपालिकाको जिन्सी शाखामा घण्टौँसम्म छापा मारी महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ।

कागजमा सामान, मैदान खाली!

अख्तियारको टोलीले जिन्सी शाखाको जाँचबुझ गर्दा उदेकलाग्दो तथ्य फेला पारेको छ। स्रोतका अनुसार, नगरपालिकाले लाखौँका सामान खरिद गरेको ‘बिल भुक्तानी’का कागजातहरू त फेला परे, तर ती सामानहरू कार्यालयमा कतै देखिएनन्। जिन्सी खातामा चढेका सामग्रीहरू भौतिक रूपमा कार्यालयमा नभेटिएपछि व्यापक भ्रष्टाचारको आशंका गरिएको छ।

मेयर र कर्मचारीको घरमा सरकारी सामान?

स्थानीय स्रोतका अनुसार नगरपालिकाका लागि किनिएका कतिपय महँगा सामग्रीहरू मेयर र केही पहुँचवाला कर्मचारीहरूको निजी निवासमा पुगेका छन्। कार्यालयमा भने केवल भुक्तानीका लागि बनाइएका ‘कागजी बिल’ मात्रै थन्क्याइएको दाबी गरिएको छ। जिन्सीमा अभिलेखित सामग्री कार्यालयमा नभेटिनुले सेटिङमा सरकारी बजेट स्वाहा पारिएको आशंकालाई बलियो बनाएको छ।

अनुसन्धानको घेरामा जनप्रतिनिधि र कर्मचारी

अख्तियारको टोलीले शंकास्पद बिल र भुक्तानी फाइलहरू नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। नगरपालिकाभित्रको यो ‘लुटतन्त्र’ बाहिरिएपछि पोखरियामा खैलाबैला मच्चिएको छ। भ्रष्ट आचरण भएका जनप्रतिनिधि र कर्मचारीहरू अहिले कारबाहीको डरले अत्तालिएका छन्।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस