२०८२ असार १७ गते, मंगलवार ११:०९

सर्लाही –

मलंगवा नगरपालिका साबिक वार्ड नं. ५ हाल वार्ड नं. ३ बस्ने खुश्बुदा बेगमको १० वर्ष पहिला २०७१ साल माघ १३ गतेका दिन निज बसेको आफनै घरमा धारिलो हत्यारले अगाडीबाट घाटी रेटी बिभत्स हत्या गरिएको थियो ।

सोही ठाउ बस्ने दुलारे भन्ने मो. कौसर हुसैनले आफनो श्रमितीलाई हत्या गरेको भन्दै मृतक बेगमका श्रीमान नुरहसन मिकरानीले किटानी जाहिरी दिएपछि आरोपित दुलारे भन्ने मो.कौसर हुसैन १० वर्ष देखि भारतमा बस्दै आएको थियो ।

कर्तव्य ज्यानको आरोपित हुसैनको नाममा गृह मन्त्रालयबाट रेड नोटिस जारी भएपछि भारतीय प्रहरीले पनि निजको खोज तलास गर्न थालेपछि गएको फागुन ०५ गते आरोपित हुसैनले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आत्मासमर्पण गरेको प्रहरी नायब उपरिक्षक सरोज राईले बताउनु भयो ।

आरोपित हुसैन पक्राउ परेपछि सम्मानीय अदालतबाट म्याद थप गरि आवश्यक अनुसंन्धान भइरहेको उनले भने । १० वर्ष पहिला बेगमको बिभत्स हत्या भएपछि २ वटा छोरा र १ छोरी टुहुरो भएको थियो । मृतक बेगमको श्रीमान बैदेशिक रोजगारीको शिलशिलामा दोहाकतार बस्दै आएका थिए ।

श्रीमानको अनुपस्थितीमा घरपरिवार सबै श्रीमतीलेनै चलाउदै आएको थियो । बेगमको हत्या भएपछि परिवारनै बिचल्लीमा परेको थियो । श्रीमतीको हत्यारा पक्राउ परेपछि ढिलो भएपनि न्याय पाउने आशा पलाएको बेगमको श्रीमान मिकरानीले रुदै भने ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस