२०८२ भाद्र १ गते, आईतवार २२:१९

काठमाडौँ- 

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागि नभएको कारण शुन्य अङ्क दिइएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले यदि विद्यार्थी जाँचमै सहभागि भएन भने उसले कति नम्बर प्राप्त गर्छ ? भन्दै प्रतिप्रश्न गर्नुभयो । उहाँले कार्यकारी निर्देशक घिसिङले तोकिएको समयभित्र कार्यसम्पादन नबुझाएर सरकारसँग भएको सम्झौताको बेवास्ता गरेको आरोप लगाउनु भयो । उहाँले कोहीपनि संविधानभन्दा माथि नहुने भन्दै सबैले कानूनको पालना गर्नुपर्ने उल्लेख गर्नुभयो । घिसिङले सरकारलाई नटेर्ने, नचिन्ने भएको कारण शून्य नम्बर दिइएको बताउनु भयो ।

मन्त्री खड्काले घिसिङले सरकारको अनुरोधहरुलाई नटेर्ने भएको कारण उहाँलाई पटक—पटक स्पष्टिकरण सोधिएको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस