२०८२ आश्विन २१ गते, मंगलवार १०:१२

पाकिस्तानमा भएको आक्रमणमा ७ जनाको मृत्यु, २१ जना घाइते

काठमान्डौँ-

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आईतवार अज्ञात आतङ्ककारीहरूले सुरक्षा बलको काफिलेमा आक्रमण गर्दा कम्तिमा सात जनाको मृत्यु र २१ जना घाइते भएको स्रोतले जनाएको छ ।

अर्धसैनिक फ्रन्टियर कोप्र्सको काफिले राजमार्गमा यात्रा गरिरहेको नुश्की क्षेत्रमा आक्रमण भएको थियो । घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ ।

आक्रमणको अनुसन्धान भइरहेको छ । प्रतिवन्धित आतङ्ककारी समूह बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मा लिएको छ ।

पोडकास्ट सुन्नुहोस