काठमान्डौँ-
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विगतका राजा-महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नै नेपालको बेइज्जत गरेको आरोप लगाउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतका राजा-महाराजाहरुले विदेशीको चाकडी कसरी गरेका थिए ? रबार हत्या काण्ड कसले कसरी गरेको हो भन्नेकुरा युवालाई बुझाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले अरु सबैकुरा परिवर्तन गर्न सकिने तर जनतामा गएको सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता परिवर्तन गर्न नसकिने बताउनु भयो । उहाँले राजावादीहरुले गरेको प्रदर्शन संविधान विपरित भएको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले काँग्रेस—एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउन लागेको चर्चा गरिएको भन्दै आफूहरुले सरकारमा जाने कुनै नीति नलिएको बताउनु भयो ।
देशमा संकट आएको खण्डमा संकट समाधानका लागि आफूहरुले विचार दिने तर यही सरकारमा गएर सामेल नहुने जिकिर गर्नुभयो । सरकारमा जाने बारेमा औपचारिक कुरा कसैसँग नभएको बताउनु भयो । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरुमा छलफल भएको भएपनि सरकार बनाउने भन्नेबारेमा कुनै छलफल भनभएको दाबी गर्नुभयो ।
अध्यक्ष दाहालले आफूले राम्रो गर्न खोज्दाखौज्दै सरकार ढालेर अहिलेको सरकार बनेको बताउनु भयो ।