२०८२ असार १७ गते, मंगलवार १२:२४

काठमान्डौँ-

ज्ञानेन्द्र शाहको गतिविधिहरुबारे परिवर्तनकारी दलहरु गम्भिरतापूर्वक उभिन सकेनन्ः सिटौला

नेपाली काँग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको गम्भिर र निर्मम समिक्षा गर्ने भएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान जारी भइसकेपछि संसद्का प्रायः सबै पार्टीहरुले सरकारको नेतृत्व गरेको भएपनि अपेक्षाकृत उपलब्धी दिन नसकेको बताउनु भयो । उहाँले संविधानले प्रत्याभुत गरेको जनताको हक र अधिकार दिन सकियो कि सकिएन यसको समिक्षा गर्न अब विलम्व गर्न नहुने बताउनु भयो  ।

फरक प्रसंगमा बोल्दै सिटौलालले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिहरुबारे परिवर्तनकारी दलहरुले गम्भिरतापूर्वक ध्यान दिन नसकेको समेत बताउनु भयो । उहाँले पूर्वराजा शाहले पनि स्पष्टरुपमा जनतासामु आफू पनि राजनीतिको मैदानमा आएको भन्नुपर्ने बताउनु भयो । उहाँले पूर्वराजा शाहले समेत राजनीतिक दलहरुजस्तै जनतासामु नीति तथा कार्यक्रम पेस गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले संविधान मान्ने र परिवर्तनको पक्षमा रहेका दलहरु समेत एकजुट भएर उभिने बेला आएको बताउनु भयो । राज्य सञ्चालन त्रुटी अथवा संविधानको त्रुटी पहिचान गरी जनताको आवश्यक सुधारको लागि हामी सबै तयार हुनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस