२०८२ असार १७ गते, मंगलवार ००:५१

काठमान्डौँ-

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा तथा नेत्र स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्नुपर्ने भएकोले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक ल्याइएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा विधेयकमाथिको छलफलका उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्न आवश्यक रहेको समेत बताउनु भयो ।

उहाँले विधेयकमा विश्वविद्यालयको संगठन, सम्पती व्यवस्थापन, नेतृत्व र संचालकहरुको छनोट समावेशी समावेशी बनाउने लगायतका प्रबन्ध गरिएको बताउनु भयो ।उहाँले विधेयकमा आँखा उपचारको क्षेत्रमा तीन तहको सरकारबीच समन्वय गर्न कार्यकारी परिषद्को व्यवस्था गरिएको समेत बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस