२०८२ असार १७ गते, मंगलवार ११:५८

काठमान्डौँ-

नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले राजनीतिक दलका नेता तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पती छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्न प्रश्ताव गर्नुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्ताव गर्नुभएको हो । उहाँले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार वाधक रहेको समेत उल्लेख गर्नुभयो । संविधान संशोधन गरेरै भएपनि सर्वशक्तिसम्पन्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले छानविन गर्दा यदि कसैले गैरकानूनी रुपमा सम्पती आर्जन गरेको भेटिए त्यसलाई राष्ट्रियकरण गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनु भयो ।उहाँले संविधानमा रहेका समस्याहरुको पहिचान गर्न संविधानको पुनरावलोकन गर्न जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस