वीरगन्ज-
पर्सा जिल्लाको वीरगन्ज स्थित ठाकुर राम क्याम्पसमा (भोलि)मंगलबार स्ववीयु चुनाव हुनेछ। तर निर्वाचन आयोगले जारी गरेको चुनावी आचार संहिता पालन गर्न र गराउनमा चुकेको आरोप लागिरहेको छ। यसको ज्वलन्त उदाहरण क्याम्पसको मुख्य सडक क्षेत्रमा देख्न सकिन्छ, जहाँ विभिन्न विधार्थी संगठन र समूहहरूले आफ्नो प्रचार-प्रसारको लागि बैनर तथा होर्डिंग बोर्ड लगाएका छन्। यसले चुनावी आचार संहितालाई ठेगान लगाएको छ।
निर्वाचन आयोगले चुनाव अगाडि प्रचार-प्रसारका लागि निश्चित म्याद तोकेको छ। तर क्याम्पस भित्र र बाहिर विभिन्न समूहहरूले यसलाई उल्लंघन गरेका छन्। यसले चुनावको निष्पक्षतामा प्रश्न उठेको छ। स्थानिय विधार्थीहरूले निर्वाचन समितिलाई यस विषयमा संवेदनशील हुन आग्रह गरेका छन्।

ठाकुर राम क्याम्पसमा दिलिप सिंहको नेतृत्वमा १३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। तर समितिको भूमिका र उत्तरदायित्वबारे सवाल उठेको छ। समितिको संयोजक दिलिप सिंहलाई यस विषयमा प्रतिक्रिया लिन हामीले उनको मोबाइल नम्बर ९८४५०३३१२० मा सम्पर्क गर्ने प्रयास गरियो। तर उनको मोबाइल बन्द भएको पाइयो। उक्त नम्बरमा वाट्सएप कल गर्दा घण्टी बजेपनि फोन उठाइएन।
निर्वाचन समितिको यस्तो उदासीनताले भोलि हुने चुनाव कति निष्पक्ष हुने हो भन्ने विषयमा चासो बढेको छ। विधार्थीहरूले समितिलाई चुनावी प्रक्रियामा पारदर्शिता र जवाफदेहिता बढाउन आग्रह गरेका छन्।
स्थानिय विधार्थी संगठनहरूले चुनावी आचार संहिता उल्लंघन गर्ने समूहहरू विरुद्ध कडा कदम चाल्न निर्वाचन समिति र निर्वाचन आयोगसँग माग गरेका छन्।
भोलि हुने चुनावमा कति निष्पक्षता कायम रहन्छ भन्ने विषयमा स्थानिय विधार्थी र शिक्षकहरूबीच पनि चर्चा बढेको छ। निर्वाचन समितिले यस विषयमा तत्काल ध्यान दिन र आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ।
यसरी नै, चुनावी प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न निर्वाचन आयोगले पनि ठाकुर राम क्याम्पसमा हुने चुनावमा विशेष निरीक्षण टोली पठाउनुपर्ने माग स्थानिय स्तरबाट उठिरहेको छ।