२०८२ असार २१ गते, शनिबार ०२:३०

काठमाडौं –

बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डको बैंकक पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज अपराह्न ४ बजे भेटवार्ता हुने भएको छ।

बैंककस्थित म्याण्डारिन ओरियन्टल होटलमा हुने साइडलाइन वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई सहभागी हुनेछन्।

यसअघि संयुक्त राष्ट्र सङ्घको महासभाका लागि न्युयोर्कमा ओली र मोदीबीच भेट भएको थियो। गत असार ३० गते प्रधानमन्त्री बनेका ओलीलाई भारतले हालसम्म भ्रमणको निम्तो दिएको छैन। आजको भेटमा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस