२०८२ असार १७ गते, मंगलवार १५:२५

काठमाडौं – 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुरुषहरु वैदेशिक रोजगारका लागि विदेश पलायन भएकाले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताको सम्भावना र चुनौति दुवै भएको बताउनु भयो । उहाँले महिला उद्यमशीलताका लागि पर्यटन क्षेत्र महत्वपूर्ण हुने बताउनु भयो ।

महिलाले धैर्यतापूर्वक सोचेर करुणामैत्री भावले काम गर्ने भएकाले पर्यटन क्षेत्रमा महिलाको भुमिका उपयुक्त हुने बताउनु भयो । उहाँले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गरेर बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पर्यटनमा महिला उद्यमशीलता अर्थतन्त्रको पनि आधार बन्नसक्ने उहाँको भनाइ छ ।

मन्त्री पाण्डेले पर्यटन व्यवसायमा डिजिटल युगको अधिकतम उपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले सरकार र निजी क्षेत्रबीच विश्वासको संकट उत्पन्न भएको बताउनु भयो । उहाँले विश्वासको कमी हुँदा समस्या उत्पन्न हुने भएकाले सरकार र निजी क्षेत्रले एक आपसमा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पाण्डेले पर्वतारोहणको क्षेत्रमा काम गर्नेहरुका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रक्रियामा सरकार रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस