२०८२ आश्विन २० गते, सोमबार २२:४०

पाकिस्तानमा भारतीय आक्रमणमा ४० सर्वसाधारण र ११ सैनिकको मृत्यु

काठमाण्डौ – 

पाकिस्तानी सेनाले मंगलवार गत हप्ता पाकिस्तानभर भारतीय क्षेप्यास्त्र आक्रमणमा १५ बालबालिका र सात महिलासहित ४० सर्वसाधारण मारिएका बताएको छ । साथै १ सय २१ जना घाइते भएका छन् । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सद्वारा जारी विज्ञप्तिअनुसार मातृभूमिको रक्षा गर्दा पाकिस्तानी सशस्त्र बलका ११ सदस्य मारिएका छन् । ७८ जना घाइते भएका छन् । विज्ञप्तिकाअनुसार मृतकहरूमध्ये ६ जना पाकिस्तानी सेनाका थिए भने पाँच जना पाकिस्तानी वायु सेनाका थिए ।

पोडकास्ट सुन्नुहोस