काठमाडौं—
राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाउन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा सरकारले प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माग आएको ठाउँमा हवाई पूर्वाधार बनाउने नभइ आवश्यकता भएके र प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार विकास गर्न आग्रह गर्नुभयो । उहाँले शाहसिक खेलहरु, पर्यापर्यटन, पूर्वाधार विकासलाई तिब्रता दिन माग गर्नुभयो । उहाँले पर्यटन विकासका लागि वन तथा निकुञ्ज क्षेत्रको उपयोग गर्नेकुरा जटिल भएपनि त्यसको सही सदुपयोग हुनुपर्ने बताउनु भयो ।

सांसद शेर्पाले विद्युत उत्पादनलाई हाइड्रोपावरमा मात्रै नभइ वैकल्पिक विद्युतमा पनि जानुपर्ने बताउनु भयो ।