२०८२ फाल्गुन ४ गते, सोमबार ११:३९

कञ्चनपुरमा मलामी जाँदै गरेका सेवा निवृत्त सशस्त्र प्रहरी हवलदारको सडक दुर्घटनामा मृत्यु

धनगढी —

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा भएको सडक दुर्घटनामा मलामी जाँदै गरेका एक सेवा निवृत्त सशस्त्र प्रहरी हवलदारको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल राना छिमेकी गुरुङ थरकी महिलाको मलामीमा जाँदै गर्दा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घाइते रानालाई तत्कालै महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, तर उपचारका क्रममा उनको निधन भएको हो।

राना सशस्त्र प्रहरी बलमा हवलदारका रूपमा कार्यरत रही सेवा निवृत्त भएका थिए। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस