पर्सा–
पर्साको ठोरी गाउँपालिका–१, चौतारा नजिकैको जंगलमा मंगलबार बिहान एक वेवारिसे पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय ठोरीका अनुसार मृतक अन्दाजी ४०–४५ वर्षका भारतीय नागरिक हुन्।
स्थानीय बासिन्दाले बिहान जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले घटनास्थल पुगी शवलाई पोस्टमार्टमका लागि वीरगन्ज पठाएको छ। प्रारम्भिक अनुसन्धानमा मृतकको परिचय खुल्न नसकेको र उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार मृतक विगत दुई महिनादेखि चौतारा नजिकै बस्दै आएका थिए। उनको साथमा अर्का एक पुरुष पनि बस्ने गरेको र दुवैको मानसिक अवस्था ठिक नभएको स्थानीयले बताएका छन्। मृतकको साथीको खोजी कार्य जारी रहेको प्रहरीले उल्लेख गरेको छ।