२०८२ असार १७ गते, मंगलवार ०६:५६

वीरगन्ज-

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोपमा रौतहट जिल्ला अदालतले सुनाएको जन्मकैदको सजायलाई उच्च अदालत वीरगन्जले उल्टाउँदै सफाइ दिएको छ। उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले यो फैसला सुनाएको हो।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले २०८१ वैशाख १३ गते आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। पहिलो संविधानसभा निर्वाचनको समयमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका पाँचजनालाई आलमले इटाभट्टामा हालेर निर्ममतापूर्वक हत्या गरेको आरोप थियो। यो मुद्दामा आलम २०७६ असोजमा पक्राउ परेका थिए।

सोही मुद्दामा आलमका भाइ मोहम्मद मोहताब आलम, सेख सराज र इँटाभट्टाका मुनसी बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाइएको थियो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस