२०८३ बैशाख ४ गते, शुक्रबार ०९:१५

वीरगन्ज वडा नम्बर १२ अध्यक्ष सुरेश गुप्ताको ‘सेटिङबाज’ छवि, मेयरविरुद्ध खुलासा स्थगित !

वीरगन्ज –

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सुरेश गुप्ता विवादको घेरामा फसेका छन्। सामाजिक सञ्जाल र चोकचौराहामा उनलाई ‘दरुवा’ र ‘सेटिङबाज’ भन्दै चर्को आलोचना भइरहेको छ। वीरगन्जका मेयर राजेशमान सिंहमाथि भ्रष्टाचारको सनसनीपूर्ण खुलासा गर्ने घोषणापछि उनी थप चर्चामा आए, तर आईतबार (आज )उनले ‘प्रमाण जुटाउन समय लाग्ने’ भन्दै कार्यक्रम स्थगित गरेर विवादलाई झन् बल पुर्‍याएका छन्।

गत बिहीबार गुप्ताले फेसबुकमार्फत मेयरविरुद्ध ‘प्रमाणसहित खुलासा’ गर्ने दाबी गरेका थिए। तर, आज उनले अचानक पछि हट्दै स्टाटस लेखे, “प्रमाण जुटाउन समय लाग्छ।” खुलासाको मिति र विवरणमा उनको मौनताले शंका उब्जाएको छ। सामाजिक सञ्जालमा गुप्तामाथि मेयरसँग ‘बार्गेनिङ’ असफल भएपछि स्टाटस लेखेको आरोप लागेको छ। “रातमा मादक पदार्थको जोश, बिहान स्टाटस डिलिट !” भन्दै कतिपयले उनको खिल्ली उडाएका छन्।

गुप्ताको यो कदमले उनको विश्वसनीयता र राजनीतिक छविमा गम्भीर प्रश्न उठेको छ। स्थानीयवासीले उनको खुलासाको पर्खाइमा छन्, तर प्रमाणविना यो हल्ला केवल ‘सेटिङ’ र ‘नाटक’ को संज्ञा पाउने जोखिममा छ। गुप्ताले अब के गर्लान् ? वीरगन्जको यो राजनीतिक ड्रामाको पर्दा उठ्न बाँकी छ।

सीमाशुल्क विवाददेखि मल अभावसम्मः प्रधानमन्त्री-मुख्यमन्त्री छलफलमा उठे जनताका जल्दाबल्दा मुद्दा

काठमाडौँ – सिंहदरबारमा बिहीबार बसेको प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीचको

सीमाशुल्क विवाददेखि मल अभावसम्मः प्रधानमन्त्री-मुख्यमन्त्री छलफलमा उठे जनताका जल्दाबल्दा मुद्दा

काठमाडौँ – सिंहदरबारमा बिहीबार बसेको प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीचको

पोडकास्ट सुन्नुहोस