२०८३ कार्तिक १३ गते, बिहीबार १०:५३

जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज आज भिडदै

 काठमाडौं –

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् ।

पहिलो खेल दिउँसो १२ बजे जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ । यस्तै, आजको दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । 

जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो।

जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । 

विराटनगर र कर्णाली दोस्रो खेल खेल्दैछन्।

यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो।

 विराटनगर पहिलो जितको खोजीमा हुँदा कर्णाली लगातार दोस्रो खेलमा विजयी हुन चाहन्छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस