२०८३ बैशाख ४ गते, शुक्रबार ०९:२३

देशभर यातायात बन्दको घोषणा : राइड सेयरिङ नियमावलीविरुद्ध व्यवसायीको अनिश्चितकालीन आन्दोलन

काठमाडौँ-

यातायात व्यवसायीहरूले सोमबार (जेठ १९,) देखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक यातायातका सवारी साधनहरू ग्यारेजमै थन्क्याएर आन्दोलनमा उत्रने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए।

यो आन्दोलन गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी सवारी साधनलाई भाडामा प्रयोग गर्न दिने नियमावली ल्याएको विरोधमा केन्द्रित छ। राईका अनुसार, यो नियमावलीले सार्वजनिक यातायात व्यवसायीको जीविकोपार्जनमा गम्भीर असर पार्ने भएकाले तत्काल खारेज गर्न माग गरिएको छ। सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रनुपरेको उनले बताए।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो बन्दबाट पर्ने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्नेछ। हामी आम उपभोक्ता, यात्रु, मजदुर, कर्मचारी र सरोकारवाला सबैलाई यो आन्दोलनमा सहयोग गर्न अपिल गर्छौँ।” विज्ञप्तिमा जेठ १९ गतेदेखि शुरू हुने बन्दले सार्वजनिक यातायातलाई जोगाउन सबैले सक्दो सहयोग गर्नुपर्ने उल्लेख छ।

यो बन्दले देशभरको यातायात सेवा ठप्प हुने सम्भावना छ, जसले आम यात्रुको दैनिकीमा ठूलो असर पार्न सक्छ। व्यवसायीहरूले नियमावली खारेज नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्। सरकार र यातायात व्यवसायीबीच तत्काल वार्ता नभए आगामी दिनमा यो विवादले थप जटिलता निम्त्याउने देखिन्छ।

सीमाशुल्क विवाददेखि मल अभावसम्मः प्रधानमन्त्री-मुख्यमन्त्री छलफलमा उठे जनताका जल्दाबल्दा मुद्दा

काठमाडौँ – सिंहदरबारमा बिहीबार बसेको प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीचको

सीमाशुल्क विवाददेखि मल अभावसम्मः प्रधानमन्त्री-मुख्यमन्त्री छलफलमा उठे जनताका जल्दाबल्दा मुद्दा

काठमाडौँ – सिंहदरबारमा बिहीबार बसेको प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीचको

पोडकास्ट सुन्नुहोस