२०८२ असार १६ गते, सोमबार १५:१३
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • ज्ञापनपत्र बुझाइयो: हरि खेतान क्याम्पसका कर्मचारीहरूले तलब, भत्ता, सञ्चय कोष, उपदान लगायत सेवा सुविधाको माग गर्दै पर्साका प्रजिअलाई ३ दिनको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन्।
  • श्रम कार्यालयको निर्देशनको अवहेलना: श्रम तथा रोजगार कार्यालयको निर्णय र पटक–पटकको निर्देशन बेवास्ता गर्दै क्याम्पस प्रशासनले सुविधा उपलब्ध नगरिएको कर्मचारीहरूको आरोप छ।
  • प्रजिअको आश्वासन र चेतावनी: प्रजिअ गणेश अर्यालले समस्या गम्भीर भएको बताउँदै समाधानको आश्वासन दिएका छन् भने कर्मचारीहरूले तत्काल सुनुवाइ नभए आन्दोलनमा जाने चेतावनी दिएका छन्।

वीरगन्ज –

वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसका कर्मचारीहरूले तलब, भत्ता, सेवा सुविधा, सञ्चय कोष, उपदान, ग्रेड र खाइपाइ आएको तलब नपाएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका छन्।

कर्मचारीहरूले लामो समयदेखि सम्बन्धित कार्यालयहरूमा मौखिक र लिखित रूपमा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। ज्ञापनपत्रमा उल्लेख भएअनुसार, नेपाल सरकारको श्रम तथा रोजगार कार्यालय, वीरगन्जमा २०८० असोज ७ र २१ मा पेश गरिएको निवेदन र त्यसका आधारमा २०८० चैत २७ र २०८१ माघ २७ मा भएको निर्णयअनुसार सम्पूर्ण सुविधा उपलब्ध गराउनुपर्ने ठहर भएको थियो। तर, क्याम्पस प्रशासनले अहिलेसम्म यो निर्णयको पालना नगरेको कर्मचारीहरूको आरोप छ।

श्रम कार्यालयको निर्देशन बेवास्ता

श्रम कार्यालयले क्याम्पस प्रमुखलाई पटक–पटक १५, ७ र ३ दिनको समयसीमा तोकेर पत्राचार गरेको थियो। तैपनि, कुनै सुनुवाइ नभएपछि कर्मचारीहरूले ३ दिनको अल्टिमेटमसहित प्रजिअलाई ज्ञापनपत्र बुझाएका हुन्। कर्मचारीहरूले आजको मितिदेखि ३ दिनभित्र सम्पूर्ण सुविधा उपलब्ध नभए उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवारी क्याम्पस प्रमुख र सञ्चालक समितिको हुने चेतावनी दिएका छन्।

प्रजिअको आश्वासन

ज्ञापनपत्र बुझाउने टोलीको नेतृत्व गरेका कर्मचारी युनियनका अध्यक्ष विनोद यादवका अनुसार, प्रजिअ अर्यालले कर्मचारीहरूले उठाएको विषय गम्भीर रहेको भन्दै श्रम कार्यालय, वीरगञ्जका प्रमुखलाई तत्काल फोनमार्फत निर्देशन दिँदै समस्या यथाशीघ्र समाधान गर्न आग्रह गरेका थिए। प्रजिअ अर्यालले कर्मचारीको तलब र सेवा सुविधामा कुनै सम्झौता नहुने स्पष्ट पार्दै चाँडै आवश्यक कदम चालिने आश्वासन दिएका छन्।

कर्मचारीको चेतावनी

कर्मचारीहरूले यो विषयमा क्याम्पस प्रमुख, श्रम तथा रोजगार कार्यालय र क्याम्पस सञ्चालक समितिलाई बोधार्थ पत्र पठाएका छन्। साथै, समस्याको तत्काल समाधान नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। यो घटनाले स्थानीय तहका शैक्षिक संस्थाहरूमा कर्मचारीका हक–अधिकार र सेवा–सुविधाको विषयमा गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस