२०८२ असार १६ गते, सोमबार २०:२१
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • निरीक्षण सम्पन्न: प्रदेश प्रहरी प्रमुख एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा पर्सा जिल्ला प्रहरी कार्यालयको विभिन्न शाखाहरूको निरीक्षण Crime Action Plan अन्तर्गत सम्पन्न भयो।
  • सेवा सुधारमा निर्देशन: निरीक्षणका क्रममा कोइरालाले त्रुटिरहित कार्य सम्पादन, पारदर्शिता र सेवाग्राहीप्रति निःस्वार्थ सेवा प्रवाहका लागि प्रहरीलाई निर्देशन दिए।
  •  जनमुखी सेवा लक्षित: निरीक्षणबाट प्रहरी सेवा प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने उद्देश्य लिएको जनाइएको छ।

वीरगन्ज –

नेपाल प्रहरी प्रदेश कार्यालय (हाल जनकपुरधाम, धनुषा) का प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा रहेको टोलीले पर्सा जिल्ला प्रहरी कार्यालयको विभिन्न शाखाहरूको निरीक्षण सम्पन्न गरेको छ। अपराध अनुसन्धान कार्ययोजना (Crime Action Plan, CAP) अन्तर्गत भएको यो निरीक्षणमा अपराध अनुसन्धान तथा कारबाही शाखा, CFD/CRS शाखा, CDR सूचना संकलन तथा विश्लेषण शाखा, हिरासत कक्ष, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखा, अनुचित लेनदेन (मिटर ब्याज) शाखा र नागरिक सहायता कक्षको अवलोकन गरिएको थियो।

निरीक्षणका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले सुधार गर्नुपर्ने पक्षहरू औँल्याउँदै अपराध अनुसन्धानका प्रक्रियाहरू, विभागीय नीति–निर्देशनहरूको कार्यान्वयन र CAP निर्देशनको लक्ष्यअनुरूप त्रुटिरहित कार्य सम्पादन गर्न निर्देशन दिए। उनले प्रहरी कर्मचारीहरूलाई सेवाग्राहीका लागि निःस्वार्थ र पारदर्शी रूपमा सेवा प्रवाह गर्न जोड दिए।

निरीक्षण टोलीले अपराध अनुसन्धान शाखामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सेवा प्रवाहमा कुनै कसर बाँकी नराखी इमानदारी र पारदर्शिताका साथ काम गर्न निर्देशन दिएको छ। यो निरीक्षणले प्रहरी सेवालाई थप प्रभावकारी र जनमुखी बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस