२०८२ असार १६ गते, सोमबार १५:२७
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • आईसीपीमा छापा: मुख्यमन्त्री सतिश सिंहले वीरगञ्ज आईसीपी अगाडि मालबाहक ट्रकहरूबाट अवैध असुली भइरहेको सूचना पाएपछि आकस्मिक छापा मारे।
  • तीन जना पक्राउ: मुख्यमन्त्रीको उपस्थितिमा पर्सा प्रहरीले अवैध रकम असुलीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ।
  • सुशासनको प्रतिबद्धता: घटनाले अवैध धन्दा नियन्त्रण र सुशासन कायम गर्न मधेश प्रदेश सरकार गम्भीर र सक्रिय रहेको सन्देश दिएको छ।

वीरगन्ज –

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) अगाडि मालबाहक ट्रकहरूबाट अवैध रूपमा बढी पैसा असुली गर्ने ढाटमा आकस्मिक छापा मारेका छन्। मुख्यमन्त्रीको निरीक्षणपछि पर्सा प्रहरीले उक्त ढाटबाट तीन जनालाई नियन्त्रणमा लिएको छ।

मुख्यमन्त्री सिंहले सवारीका नाममा ढाट राखेर जबर्जस्ती पैसा असुली भइरहेको गुनासो प्राप्त भएपछि उक्त स्थानमा पुगेर अनुगमन गरेका थिए। उनको उपस्थितिमै प्रहरीले अवैध असुलीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।

पर्सा प्रहरी प्रमुख गौतम मिश्राले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको बताए। यो घटनाले मधेश प्रदेश सरकार अवैध धन्दा नियन्त्रण गर्न र सुशासन कायम गर्न प्रतिबद्ध रहेको सन्देश प्रवाह गरेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस