जनकपुर-
मधेश प्रदेश सभाको बैठक लगातार दुई दिनदेखि अवरुद्ध भएको छ। आइतबार र सोमबारको बैठकमा प्रतिपक्षी सांसदहरूले आर्थिक वर्ष २०८२र८३ को बजेट पुनर्लेखनको माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो।

सोमबारको बैठकमा प्रदेश सरकारको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने र अर्थमन्त्री सुनीलकुमार यादवले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यसूची थियो। साथै, विनियोजन विधेयक, २०८२ सभामा प्रस्तुत गर्ने योजना रहेको थियो। तर, नेकपा ९माओवादी केन्द्र० की सांसद सुनिता यादव, जनता समाजवादी पार्टी ९जसपा० नेपालकी सांसद सुरिताकुमारी साहलगायत प्रतिपक्षी सांसदहरूले बजेट निर्माणमा बिचौलियाको संलग्नता रहेको र योजना छनोटमा पारदर्शिता नभएको भन्दै पुनर्लेखनको माग गरे। उनीहरूले पाँच लाख रुपियाँसम्मका साना योजना हटाउनुपर्ने अडान लिएका छन्।
प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको बजेटको ‘रातो किताब’ असार ११ मा सांसदहरूलाई उपलब्ध गराइएको थियो। सोही दिन दुई सांसदको छलफलपछि बैठक १२ गतेसम्म स्थगित भएको थियो। तर, १२ गतेको बैठक बिनाछलफल अनिश्चितकालका लागि स्थगित भएको थियो। आइतबार २२ गते बोलाइएको बैठक पनि प्रतिपक्षीको अवरोधपछि आधा घण्टाका लागि स्थगित भएर सोमबार १ बजेका लागि सरेको थियो। सोमबार पनि अवरोध कायम रहेपछि सभामुख रामचन्द्र मण्डलले मंगलबार १ बजेका लागि बैठक स्थगित गरे।
सत्तारूढ जनमत पार्टीकै अध्यक्ष डा। सिके राउतले बजेटमा बिचौलियाको प्रभाव रहेको आरोप लगाएका छन्। जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले मुख्यमन्त्री सतीशकुमार सिंहले नै बजेट निर्माणमा अनियमितता भएको स्वीकार गरेको आधारमा बजेट पुनर्लेखन नभएसम्म सदन चल्न नदिने बताए। उनले भने, “मुख्यमन्त्रीले बजेट ह्याक भएको बताउनुभयो, बिचौलियाको प्रभाव स्वीकार गर्नुभयो। जबसम्म समान र पारदर्शी बजेट आउँदैन, हामी सदन चल्न दिँदैनौँ।”
जसपा नेपाल, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, राप्रपा, सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले संयुक्त रूपमा विरोध जनाइरहेका छन्। सोमबारको बैठकमा मुख्यमन्त्री सिंह र अर्थमन्त्री यादव उपस्थित भए पनि छलफल अगाडि बढ्न सकेन।
प्रतिपक्षीको निरन्तर अवरोधले मधेश प्रदेशको बजेट प्रक्रिया अनिश्चित बनेको छ। सभामुख मण्डलले सहमतिको प्रयास जारी राख्ने बताएका छन्, तर बजेट पुनर्लेखनको माग र बिचौलियाको प्रभावको आरोपले प्रदेश सभाको गतिरोध लम्बिने संकेत देखिएको छ।