२०८२ असार २८ गते, शनिबार ००:४६
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • न्यूनतम पारिश्रमिक वृद्धिको माग: संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, मधेश प्रदेशले श्रमिकहरूको जीवनस्तर सुधार र महँगी नियन्त्रणका लागि न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै पर्सा जिल्ला प्रशासनमार्फत मुख्यमन्त्री र श्रममन्त्रीलाई ज्ञापनपत्र बुझायो।
  • श्रमिकको गुनासो: वर्तमान पारिश्रमिकले दैनिक गुजारा चलाउन कठिन भएको भन्दै प्रतिनिधिहरूले सरकारलाई गम्भीर कदम चाल्न आग्रह गरे।
  • प्रतिनिधिहरूको सहभागिता: ज्ञापनपत्रमा अमृत चिमोरिया, कमलेश झा, प्रदीप कुमार जयसवालले हस्ताक्षर गरे। टोलीमा आनन्द थामी, अमृतलाल जोशी, छोडेलाल प्रसादलगायत ट्रेड युनियनका अगुवाहरू सहभागी थिए।

पर्सा-

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, मधेश प्रदेशले श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। पर्सा जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्कीमार्फत बिहीबार उक्त ज्ञापनपत्र बुझाइएको हो।

समन्वय केन्द्रका प्रतिनिधिहरूले वर्तमान पारिश्रमिकले श्रमिकहरूको दैनिक गुजारा चलाउन कठिन भएको भन्दै सरकारले तत्काल पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राखेका छन्। उनीहरूले बढ्दो महँगी नियन्त्रण र श्रमिकहरूको हकहित संरक्षणका लागि ठोस कदम चाल्न सरकारसँग आग्रह गरे।

ज्ञापनपत्रमा अखिल नेपाल ट्रेड युनियन महासंघ मधेश प्रदेशका सहइञ्चार्ज अमृत चिमोरिया, नेपाल ट्रेड युनियन महासंघ मधेश प्रदेशका अध्यक्ष कमलेश झा र नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश उपाध्यक्ष प्रदीप कुमार जयसवालले हस्ताक्षर गरेका छन्।

ज्ञापनपत्र बुझाउने टोलीमा कमलेश झा, समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष आनन्द थामी, कारखाना श्रमिक संघका अध्यक्ष अमृतलाल जोशी, ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोडेलाल प्रसादलगायत ट्रेड युनियनका प्रतिनिधि र श्रमिक अगुवाहरू सहभागी थिए।

“श्रमिकहरूको जीवनस्तर उकास्न र महँगीको मार कम गर्न न्यूनतम पारिश्रमिक वृद्धि अपरिहार्य छ,” संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले भनेको छ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस