२०८२ कार्तिक ९ गते, आईतवार १०:२०

विद्यादेवी भण्डारीको सनसनीपूर्ण पुनरागमन: एमाले अध्यक्ष बन्ने दौडमा!

काठमाडौँ-

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को अध्यक्ष बन्न सक्रिय राजनीतिमा फर्किएको खुलासा गरेकी छन्। बिहीबार इमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो लक्ष्य पार्टीको नेतृत्व सम्हाल्नु रहेको ठोकुवा गरिन्।

“हो, म एमालेको अध्यक्ष बन्ने दिशामा छु,” भण्डारीले पत्रकार जगदीश खरेलको प्रश्नमा भनेकी छन्। उनले सरकारी सुविधा त्यागेर राष्ट्र र पार्टीको हितका लागि यो कदम चालेको दाबी गरिन्। “यो व्यक्तिगत महत्वाकांक्षा होइन, राष्ट्रिय आवश्यकताको कदम हो,” उनले थपिन्।

केही साताअघि राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारी ‘भावी अध्यक्ष’को चर्चामा छिन्। उनले अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य र जलवायु परिवर्तनजस्ता मुद्दालाई प्राथमिकतामा राखेकी छन्।

वर्तमान अध्यक्ष केपी शर्मा ओलीबारे उनले भनिन्, “दुई कार्यकाल नेतृत्व गरिसकेका ओली अब दोहोरिनुहुन्न भन्ने मलाई विश्वास छ। मैले चिनेको ओली त्यस्तो होइन।” पार्टीभित्रको विगतको गुटबन्दी र विभाजनलाई स्वीकार्दै उनले एमालेलाई एकताबद्ध र सुदृढ बनाउने योजना सुनाइन्।

पोडकास्ट सुन्नुहोस