२०८२ कार्तिक १३ गते, बिहीबार २०:५२

खानेपानीमन्त्री यादवको उपलब्धि : मेलम्चीको पानी बाह्रै महिना, १५ लाखलाई स्वच्छ पानीको पहुँच

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • मेलम्चीको पानी आपूर्ति: असोज २२ गतेदेखि काठमाडौँ उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी, दैनिक ६ करोड लिटरभन्दा बढी वितरण, र चक्रपथ बाहिर खानेपानी विस्तारको खरिद प्रक्रिया सुरु।
  • पूर्वाधार र अन्तरराष्ट्रिय साझेदारी: वीरगन्जमा रु ४.५ अर्बको बृहत खानेपानी योजना, सुनकोशी–मरिन डाइभर्सनमार्फत तराईका ६ जिल्लामा दीर्घकालीन पूर्वाधार, भारत र इसिमोडसँग साझेदारी, र स्पेनमा वित्तपोषण कार्यक्रममा सहभागिता।
  • नीतिगत सुधार र आयोजना: खानेपानी नियमावली २०८१ लागू, सहलगानी शुल्क ३०% बाट १५% मा, रु १२ अर्ब बजेट सहमति, १,७०० किमि पाइपलाइन विस्तार, ५२५ आयोजना पुनःस्थापना, र ८६ आयोजना सम्पन्न।

काठमाडौँ-

खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेको एक वर्षमा खानेपानी क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभएको छ। मेलम्चीको पानी असोज २२ गतेदेखि काठमाडौँ उपत्यकामा नियमित आपूर्ति, दैनिक ६ करोड लिटरभन्दा बढी पानी वितरण, र चक्रपथ बाहिर पाँच प्याकेजमा खानेपानी विस्तारको खरिद प्रक्रिया अघि बढेको छ।

नेपाल खानेपानी संस्थानको विनियमावली २०८१ जारी गरी पदपूर्ति प्रक्रिया पुनः सुरु, भारत र इसिमोडसँग अन्तरराष्ट्रिय साझेदारी, स्पेनमा पानी र सरसफाइ वित्तपोषण कार्यक्रममा सहभागिता, र ऊर्जा मन्त्रालयसँग पानीको बहुपक्षीय उपयोग सम्झौता गरिएको छ।

झापा, वीरगन्ज, पोखरालगायत सहरमा एकीकृत खानेपानी र ढल व्यवस्थापन आयोजना, बारा–पर्सामा २५०+ डिप बोरिङ निर्माण, र रु ४.५ अर्बको वीरगञ्ज बृहत खानेपानी योजना कार्यान्वयनमा छ। सुनकोशी–मरिन डाइभर्सनमार्फत तराईका ६ जिल्लामा दीर्घकालीन खानेपानी पूर्वाधार विकास, सुन्दरीजलमा २५.५ करोड लिटर क्षमताको प्रशोधन केन्द्र, र कीर्तिपुर–महाँकालचौरमा ट्याङ्की निर्माण अघि बढेको छ।

खानेपानी नियमावली २०८१ लागू, सहलगानी शुल्क ३०% बाट १५% मा झारिएको, रु १२ अर्ब बजेट सहमति, ८६% पुँजीगत खर्च, र काठमाडौँमा १,७०० किमि पाइपलाइन विस्तार भएको छ। बाढीले क्षति पुगेका ५२५ आयोजना पुनःस्थापना, ८६ आयोजना सम्पन्न, र जाइकाको सहयोगमा पोखरा खानेपानी सुधार आयोजना पूरा भएको छ। यी कार्यबाट १५ लाख नागरिक लाभान्वित हुने मन्त्रालयको विश्वास छ।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस