२०८३ आश्विन २८ गते, बुधबार ०२:५०

मधेस प्रदेश सरकारले छठको अवसरमा थप एक दिन सार्वजनिक बिदा घोषणा

वीरगन्ज-
मधेस प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै छठको उदाउँदो सूर्यको दिन अर्थात् कार्तिक ११ गते मंगलबार पनि सार्वजनिक बिदा दिने जानकारी दिएको हो।

मन्त्रालयका उपसचिव गणेश नायकद्वारा जारी विज्ञप्तिअनुसार यो निर्णय २०८१ चैत २२ गते प्रकाशित प्रदेश राजपत्रमा समावेश ‘२०८२ सालका थप बिदा सम्बन्धी सूचना’को आधारमा गरिएको हो।

छठ पर्वमा परम्परागत रूपमा अस्ताउँदो र उदाउँदो सूर्य दुबै दिन बिदा दिनुपर्ने माग नागरिकस्तरमा बढिरहेको बेला प्रदेश सरकारले यसपटक त्यो मागलाई आंशिक रूपमा सम्बोधन गरेको जनाएको छ।

यस निर्णयसँगै मंगलबार प्रदेशभरका सरकारी कार्यालय, विद्यालय तथा अन्य निकायहरू बन्द रहनेछन्।
छठ पर्व विशेषगरी मिथिला क्षेत्रका हिन्दु धर्मावलम्बी महिलाहरूले सूर्य देव र छठ मइयाको आराधना गरी निष्ठा, आस्था र धूमधामका साथ मनाउने गर्छन्।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस