२०८२ श्रावण ७ गते, बुधबार १८:४६

काठमाडौँ –

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको दाबी गर्नुभएको छ ।

महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल अब विद्युतीय बस चढ्ने युगमा आइसकेको बताउनु भयो । सडकहरु गाउँगाउँमा पुगेको र बिजुली बत्ती पनि गाउँगाउँमा पुगेको अवस्था रहेको बताउनु भयो । नेपालले पेट्रोल डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसकेको भन्दै विद्युतबाट चल्ने बसहरु सञ्चालन गर्नेकुरा राम्रो भएको बताउनु भयो ।

वरिष्ठ कलाकार श्रेष्ठले जोमसोममा मोटर जाला भन्ने आफूले कल्पनै नगरेको भएपनि पछिल्लो समय मोटरबाटै जोमसोम पुगेर आएको बताउनु भयो । बसको मात्रा र बसको स्ट्याण्डर बढ्न जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस