२०८२ श्रावण २३ गते, शुक्रबार १८:४३

वीरगन्ज –
पर्सा जिल्ला अदालतबाट बैंकिङ कसूरमा १० दिन कैद र ३० लाख रुपैयाँ जरिवाना तोकिएका सुनिल कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।

देवेन्द्र कुमार कर्णको जाहेरीका आधारमा अदालतबाट सजाय तोकिएपछि फरार रहेका वीरगंज महानगरपालिका–१६ निवासी ३४ वर्षीय साहलाई बिहीबार लुकीछिपी बसिरहेको स्थानबाट पर्सा जिल्ला प्रहरीको फैसला कार्यान्वयन टोलीले पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार साहमाथि बैंकिङ कसूरसम्बन्धी मुद्दा नं. ०८०-C१-०९६२, लगत नं. ६३०९ अन्तर्गत जिल्ला अदालतले फैसला सुनाएको थियो। अदालतको फैसलाअनुसार साहलाई १० दिन कैद र ३० लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको हो।

सुनिल कुमार साह अम्बे ईन्टरप्राइजेज प्रा.लि. का सञ्चालक हुन्। पक्राउपछि उनलाई अदालतमा पेश गरिएको छ भने आगामी अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस