वीरगन्ज-
जिल्ला प्रशासन कार्यालय पर्साले फरार भएका कैदी बन्दीलाई सोमबारसम्म कारागारमा हाजिर हुन आग्रह गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी सुमान कुमार कार्कीले आइतबार एक विज्ञप्ती प्रकासित गरी फरार भएका कैदी बन्दीलाई असोज २० गतेसम्म कारागार वा नजिकको प्रहरी चौकिमा उपस्थित नभए पक्राउ परेको खण्डमा उनले पाएको सजायमा १ देखि ५ वर्षसम्म सजाय थपिने जानकारी दिनु भएको छ ।
भदौं २३ र २४ गते भएको आन्दोलनका क्रममा देशको विभिन्न कारागारबाट फरार भएका कैदी बन्दी असोज २० गतेसम्म हाजिर नभए नेपालको कारागार ऐन २०७९ अनुसार कारवाही गरिने सहप्रजिअ कार्कीले सार्वजनिक गरिएको विज्ञप्तीमा उलेख गरिएको छ ।
जेन जी युवाहरुले गरेको आन्दोलनका क्रममा देशका विभिन्न कारागार तथा सुधार गृहबाट फरार भएका मध्य असोज १२ गतेसम्म ६ हजार ३ सय २८ जना कैदी फर्किएका वा पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा देशको विभिन्न कारागारबाट १४ हजार ५ सय ५५ जना कैदी फारर भएका थिए ।