२०८२ आश्विन ३१ गते, शुक्रबार १७:२१

पक्राउ गरिएको पटखा घर पठाउदै सशस्त्र प्रहरी

वीरगन्ज-

नियन्त्रणमा लिइएको पठखा सशस्त्र प्रहरीले व्यक्तिगत प्रयोगकालािग घर फठाउदै गरेकोे घटना प्रकासमा आएको छ । भारतबाट नेपाल भित्र्याउने क्रममा पक्राउ परेका पटखा आवस्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा नबुझाइ सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक(असइ) रामबाबु साहले अन्य सशस्त्र प्रहरीमार्फत मोटरसायिकलमा घर पठाउदै गरेको घटना प्रकासमा आएको हो ।

वीरगन्ज भन्सार कार्यालयमा अवस्थित सशस्त्र प्रहरी नेपाल प्रस्तावित सुरक्षा गुल्ममा कार्यरत रहेका असई साहले पक्राउ परेको पटखा अन्य सशस्त्र प्रहरी मार्फत घर पठाउने क्रममा लिइएको भिडियो शुक्रबार (आज) विहान सार्वजनिक भएको छ ।

भारतबाट नेपाल भित्र्याउने क्रममा वीरगन्ज भन्सार अगाडी पक्राउ परेका समाग्री आवस्यक कारवाहीका लागि पत्र सहित भन्सार कार्यालयमा बुझाउनु पर्ने कानुनी प्रवधान रहेपनि असई साह लगायतका सशस्त्र प्रहरीहरुले कानुन विपरित घर पठाउने गरेको भिडियोमा दावी गरिएको छ ।

यसै विषयमा भन्सार कार्यालयमा अवस्थित सशस्त्र प्रहरी गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक(डि.एस.पी) पूरुसोत्तम भण्डरीसंग बुझदा उहाँले सशस्त्र प्रहरीलाई बदनाम गर्न असत्य तथ्याहरुलाई समाजिक संजालमा राखिएको दावी गर्नुभयो। उहाँले समाजिक संजालमा राखिएको भिडियोमा सत्यता नभएको दावी गर्दै उहाँले सिमाक्षेत्रमा चेकजाँच कडा पारेपछि सशस्त्र प्रहरीको छविलाई धुमिल गर्ने प्रयार गरिएको बताउनुभयो।

आफु इन्र्चाज भइ आएपछि घराएशि प्रयोजनका लागि ल्याइएका वैध समान वाहेक अन्य समाग्रीको नियन्त्रणमा कडाइ गरिएपछि सशस्त्र प्रहरीलाई बदनाम गर्न षडयन्त्र भइरहेको डिएसपी भण्डारीको भनाई रहेको छ ।

चाडपर्वका बेला सिमानामा कडाइ गरिएको भए पनि त्यहाँ बरामद गरिएका खाद्यान्न, लत्ता–कपडा लगायतका सामग्री सशस्त्र प्रहरी पोस्टका हाकिमहरूदेखि जिल्लाका हाकिमहरूको घरसम्म पुग्ने गरेको स्थानीयहरूले बताएका छन्।

पोडकास्ट सुन्नुहोस