२०८२ पुष २४ गते, बिहीबार ०३:४५

नेपाल प्रिमियर लिग ः आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं –

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् ।

बुधबार त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने खेलमा काठमाडौं र सुदूरपश्चिम प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सोमबारको उद्घाटन खेलमा जनकपुरलाई पाँच विकेटले हराउँदै विजयी भएको काठमाडौं आज दोस्रो खेल खेल्दैछ ।

काठमाडौंका कप्तानी करण केसीले गरिरहेका छन् भने सुदूरपश्चिमको कप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् ।

काठमाडौंले अंक तालिकामा दुई अंक जोडिसकेको छ । यस टिमको प्रशिक्षक मोन्टी देसाइले गरिरहेका छन् ।

एनपीएलको यस सिजनमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस