२०८२ मंसिर ३ गते, बुधबार १६:४१

सुँन तथा चाँदीका गहना चोरी गर्ने भारतीय चोरहरुको गिरोह पक्राउ

वीरगन्ज-

बारा– पर्सामा सुँन चाँदीका गहना चोरी गर्ने गिरोहका चार जना सदस्यलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । बारा तथा पर्सा जिल्लामा रहेका व्यक्तिका घर तथा पसलबाट सुन चाँदीको गहना चोरी गरेको अभियोगमा प्रहरीले तीनजना भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कर्यालय पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरि ३६ लाख ७० हजार मुल्य बराबरको गहना सहित भारतको विहार वेतिया जिल्ला बल्थर सरकिला थाना निवासी वर्ष ३३का विजय राय,वर्ष ६०का शेख बुनाद, वर्ष ३१ का विनोद राउत र वीरगन्ज ३२ निवासी २० वर्षीय विध्या कुमार नटलाई सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले विषेश सुचनाको आधारमा पहिले विजय रायलाई पक्राउ गरिएको र उनले दिएको सुचनाको आधारमा बाकी तीन जनालाई गहना तथा नगद सहित पक्राउ गरिएको जानकारी दिनुभयो। बारा र पर्सा जिल्लाको विभिन्न क्षेत्रमा विगत केही महिना देखि भइरहेको चोरीको घटनामा भारतीय चोरहरुको समुह सक्रिय रहको र उक्त समुहका नायिके विजय राय वीरगन्जको वडा नं. ३२मा पर्ने टेढा सडक खण्डमा लु ९६प३७३३ नम्बरको स्कृटीमा जाँदै गरेको सुचना पाएपछि उनलाई नियन्त्रणमा लिइ सोध पुछ गदा थप दुई जना भारतीय र एक जना नेपाली नागकिरक सहित ठुलो परिमाणमा सुन तथा चाँदिको गहना बरामद भएको उहाँले बताउनुभयो।

विजयले दिएको सुचनाको आधारमा कारयवाही गर्दा सँुनको सिक्री ११ थना, सुँनको झुमका २ थान, सुँनको नथिया ३ थना, पोते जडान भएको सुँनको माला २ थान, एम लेखिएको सुनको लकेट १ थान , सुनको औठ्ठी १ थान र सुँनको माँगटिका २ थान बरामद भएकोे उपरिक्षक पाठकले जानकारी दिनुभयो। त्यसै प्रहरीले गरेको कारवाहीमा चाँदीको बाला ४ थान चाँदी पाउजु १० थान, चाँदीको विछिया ८ थान र चाँदीको हथशंकर २ थान बरामद भएको उहाँले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय पर्साको अगुवाइमा वडा प्रहरी कार्यालय श्रीपुरले चलाएको चोर पक्राउ गर्ने यस अभियानमा पोते सहित कुल २ सय ९४ ग्राम सुँनका गहना र ९ सय १३ ग्राम चाँदीका गहना बरामद भएको छ भने ३ लाख ७९ हजार रुपैया नेपाली र ९ हजार २ सय रुपैया भारतीय बरामद भएको उपरिक्षक पाठकले जानकारी दिनुभयो।

चोरीको अभियोगमा पक्राउ परेका व्यक्ति र बरामद भएका सुँन चाँदीका गहनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवस्यक अनुसन्धानलाई अगाडी बढाएको प्रहरीले जनाएको छ । बारा तथा पर्सा जिल्लामा भइरहेका चोरीका घटनामा भारतीय नागरिकहरुको संलगन्ता बढी देखिएका कारण घर भाडामा दिदा भाडा लिने व्यक्तिको परिचय खुल्ने सम्पुर्ण कागजात घर धनिले हेर्न र सोको जानकारी नजिकैको प्रहरी कार्यालयमा गाउन उपरिक्षक पाठकले सर्वसाधारणलाई अपिल गर्नुभएको छ ।

प्रहरीले बरामद गरेको सुँन तथा चाँदीका गहना कसैको भए जिल्ला प्रहरी कार्यालयमा आवस्यक कागज तथा प्रमाण सहित सम्र्पक गर्न जिल्ला प्रहरी कार्यालय पर्साले अपिल गरेको छ ।

पोडकास्ट सुन्नुहोस