सिरहा –
सिरहा प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ट्राफिक चोक लहानबाट १ हजार १५ किलो लागूऔषध गाँजा सहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ ।
नियमित चेकजाँचका क्रममा शंका लागेपछि प्रहरीले उनीहरुको सामान जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको जनाएको छ ।
पक्राउ परेकाहरूमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
Post Views: 27















