२०८२ मंसिर ८ गते, सोमबार १६:४९

इन्टर कलेज वाद–विवाद प्रतियोगिताबाट चन्द्रकान्ता महत्तो थारु र अदिती महत फाइनलमा चयन

बीरगन्ज-

बीरगन्जमा सञ्चालित इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो छनोट चरण सम्पन्न भएको छ। लायन्स क्लब बीरगन्ज परिवार तथा अन्तर्गतका विभिन्न क्लबहरूको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थी चन्द्रकान्ता महत्तो थारु र अदिती महत फाइनल चरणका लागि चयन भएका छन्।

“डिजिटल युगमा सामाजिक सञ्जाल : युवावर्गमा प्रेरणा कि मानसिक तनाव?” भन्ने विषयमा भएको प्रतिस्पर्धामा १० कलेजका विद्यार्थी सहभागी रहेका थिए। तेस्रो चरणमा ४ महिला र ४ पुरुष प्रतिस्पर्धीबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो। त्यसको नतिजा अनुसार महिला तथा पुरुष दुबै वर्गबाट एक–एक विजेता चयन गरिएको हो।

प्रतियोगिताको अध्यक्षता लायन्स क्लब बीरगन्ज मेट्रोसिटीका अध्यक्ष लायन उमेश गुप्ताले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उद्योग वाणिज्य संघका मनोज उपाध्याय, विशिष्ट अतिथि डिस्टRICT एक्ज्युटिभ चिफ लायन बासु तिमल्सिना, को–चिफ लायन उमेश शर्मा, डिस्टRICT चिफ लायन श्याम गुप्ता, लायन गुड्डी जोशी तथा रिजन चेयरपर्सन एवं संयोजक लायन सन्दिप गुप्ता कानु उपस्थित रहे।

त्यस्तै, लायन्स परिवार तथा विभिन्न शाखाका अध्यक्षहरू—लायन नरोत्तम पाण्डे, लायन सुशिला साह, लायन रचना प्याकुरेल, लायन सर्वन साह, लायन मनोज उपाध्याय, लायन अंकित चौरसिया र कलेज अध्यक्ष रबिन्द्र कुमार यादवलगायत कलेजका शिक्षक तथा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रम कलेज व्यवस्थापन तथा विद्यार्थी टोलीको समन्वयमा भव्य रूपमा सम्पन्न भएको आयोजक समितिको भनाइ छ।

पोडकास्ट सुन्नुहोस