वीरगन्ज-
भारतमा रहेको नेपाली मुद्रालाई हुण्डीका कारवारीहरुले नेपाल भित्र्याउन ग्रामिण क्षेत्रको नाकालाई प्रयोगमा ल्याएका छन् । पर्सा जिल्लाको मुख्या नाका वीरगन्जबाट मुद्रा भित्र्याउन पक्राउ पर्ने जोखिम बढ्दै गएपछि कारोवारीहरुले ग्रामिण नाकालाइ ओसार पसारकालागि उपयोगमा ल्याएका हुन ।
यसै विच पर्सा जिल्लाको पकहा मनपुर गाँउपालिकाबाट आइतबार अपराह्न्न हुण्डीको १५ लाख रुपैया सहित प्रहरीले एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले धोरे नाककाबाट भित्रिएको बि.आर.२२ ए.एफ४१२६ नम्बरको मोटरसायकलाई रोकी चेक जाँच गर्दा श्रोत खुल्न नसकेका १५ लाख रुपैया बरामद भएपछि मोटरसायिकल चालक पकहा मैनपुर गाँ.पाको वडा नं. १ चैनपुरनिवासी वर्ष ३४का अबधेश पटेलालाई आवस्यक अनुसनधानका लागि नियन्त्रणमा लिइएको छ ।
प्रहरीले अवधेशलाई नियन्त्रणमा लिइ चेक जाँच गर्दा उनले बोकेको झोलाबाट हजार दरको ७९० थान, ५ सय दरको १३०१ थान, सय दरको ५६९ थान, ५० दरको ५० थान र २० दरको ५ थान कुल १५ लाख रुपैया बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी हरि बहादुर बस्नेतले जानकारी दिनुभयो। उहाँले मुद्राको अबैध ओसार पसार( हुँण्डी)को करोवारमा संलगन रहेका अवधेशलाई मुलुकि अपराध संहिता २०७४का दफा १२५को उप दफा (क)बमोजिक मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो ।
भारतबाट नेपाल तर्फ हुने हुण्डीको कारोवर बढदै गएपछि पछिलो समय वीरगन्जको मुख्य नाका बटमात्र नभइ जिल्लाको ग्रामिण क्षेत्रमा रहेका नाकाहरुमासुरक्षा सर्तकर्ता बढाइएको पर्साका प्रहरी उपरिक्षक सुदिप राज पाठकले जानकारी दिनुभयो। उहाँले मुख्य नाकामा खटिएको सुरक्षाकर्मीले भारतबाट भित्रिने अबैध मुद्रालाई पक्राउ गर्न थालेपछि करोवारीहरु ग्रामिण क्षेत्रको नाकालाई मुद्रा ओसारन प्रयोग गरेको गोप्य सुचना पाएपछि ग्रामिण क्षेत्रका नाकामा चेकजाँचलाई कडा पारिनुको साथै अबैध मुद्राको ओसार पसारलाई नियन्त्रिण गर्न सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो।














