२०८२ मंसिर ११ गते, बिहीबार १३:१७

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद : सर्वोच्चमा आज सुनुवाइ

काठमाडौँ –

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सो रिटको पेसी तोकिएको हो।

यसअघि नेकपा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको निर्णय असंवैधानिक भएको दाबी गर्दै काठमाडौँ महानगरपालिका–११ का अर्जुन शाहले कात्तिक २४ गते रिट दायर गरेका थिए। त्यसपछि कात्तिक २५ गते प्रदेशसभा सदस्य कृष्णप्रसाद यादवसहितका सांसदहरूले दोस्रो रिट निवेदन दर्ता गरेका थिए।

रिट निवेदकहरूले मुख्यमन्त्री नियुक्ति संविधानको मर्म विपरीत भएको दाबी गरेका छन्। उनीहरूका अनुसार, दुई वा दुईभन्दा बढी दलको सहमतिमा सरकार गठन सम्भव हुने अवस्था कायम छँदै प्रदेश प्रमुखले सबैभन्दा ठूलो दलका संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नु विधि र संवैधानिक सिद्धान्तविपरीत छ।

दुवै रिट एकै इजलासमा आज सुनुवाइ हुने तयारीसहित पेसीमा परेका छन्। अदालतको निर्णयप्रति राजनीतिक वर्ग, विधिविद्हरू र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको ध्यान केन्द्रित छ।

पोडकास्ट सुन्नुहोस