काठमाडौँ –
नेपाली कम्युनिष्ट पार्टीमा आज चार समूहबीच एकता घोषणा हुने भएको छ। जनता समाजवादी पार्टी (जसपा) एकिकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह एकीकरणका लागि तयार भएपछि औपचारिक रूपमा घोषणा कार्यक्रम तय गरिएको हो।
एकता घोषणा कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने आयोजक पक्षले जनाएको छ।
यसअघि विभिन्न दल तथा अभियानहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा भिम रावल नेतृत्वको मातृभूमि जागरण अभियान समेत समाहित भइसकेको छ। नयाँ एकतासँगै पार्टी संरचना, नेतृत्व व्यवस्थापन र आगामी प्रतिनिधि सभा चुनावमा भूमिका कस्तो रहने भन्ने विषयमा राजनीतिक तहमा चासो बढेको छ।
एकता प्रक्रियालाई बाम राजनीतिक ध्रुवीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
Post Views: 21















