२०८२ मंसिर १२ गते, शुक्रबार १८:४५

 वीरगन्जमा श्रोत नखुलेको १० लाखको हुण्डीसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज-

पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर १ का ५३ वर्षीय सुरेन्द्र साह रहेका छन्। साहलाई शुक्रबार बिहान ९ बजे वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोक सडकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए।

उनका अनुसार साह मधेस प्रदेश०३-०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार थिए। उनको साथबाट १ हजार दरका ७०० थान, पाँच सय दरका ६०० थान गरी जम्मा १० लाख रुपैयाँ बरामद भएको पाठकले बताए। पक्राउ परेका साहमाथि अनुसन्धान थालिएको छ।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। हुण्डी कारोबार गैरकानुनी रहेकाले राष्ट्र बैंक अन्तर्गतको कसुर आकर्षित हुने गरेको छ।

 नेपाल मुस्लिम समाज संघ पर्साद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति, तत्काल स्पष्टीकरण माग

वीरगन्ज- नेपाल मुस्लिम समाज संघ पर्साले हालै प्रधानमन्त्रीद्वारा सार्वजनिक रूपमा

 नेपाल मुस्लिम समाज संघ पर्साद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति, तत्काल स्पष्टीकरण माग

वीरगन्ज- नेपाल मुस्लिम समाज संघ पर्साले हालै प्रधानमन्त्रीद्वारा सार्वजनिक रूपमा

पोडकास्ट सुन्नुहोस