वीरगन्ज-
रामप्रसाद पटेललाई कुटपिट गरी हत्या गरेको अभियोगमा विगत १९ वर्षदेखि फरार रहदै आएका विनोद कुर्मीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
२०६३ सालमा पटेललाई कुटपिट गरी हत्या गरेको अभियोगमा फरार रहदै आएका पर्साको बहुदरमाई नगरपालिका वडा नं. २ निवासी वर्ष ५४ का पटेललाई प्रहरीले आज वीरगन्ज महानगरपालिकाको वडा नं.२१ पक्राउ गरेको हो ।
२०६३ साल असोज ५गतेका दिन साविक लिपनि विर्ता गाविस वडा नं. ८ निवासी वर्ष २३का सुरेश भनिने राम प्रसाद पटेललाई सिर्सिया खोलाको तिरमा लगि कुटपिट गर्दै कर्तब्य गरी सोही बेला देखि फरार रहदै आएका विनोद पटेल भनिने विनोद कुर्मीलाई आज दिउसो पौने दुइ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।
कुर्मी हत्याको मुद्दाका अभियुक्त पटेल लिपनिविर्तामा रहेको सुचानको आधारमा कायरवाही गर्दा सडकमा घुमदै गरेको बेला वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले उनलाई पक्राउ गरेको उहाँले बताउनुभयो ।
पक्राउ परेका पटेललाई आजै पर्सा जिल्ला अदालतमा पस्थित गराई कर्तब्य ज्यान मुद्दामा अनुसन्धान गर्न ७ दिनको म्याद( रिमाण्ड) लिएको डिएसपी कार्कीले जानकारी दिनुभयो।














