२०८३ जेष्ठ १६ गते, शनिबार २०:१८

नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डो¥याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्छः राष्ट्रपति

काठमाडौं —

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डो¥याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

मंगलवार महेन्द्रनारायण निधी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा डो¥याउन सकेमात्र व्यववस्थाप्रति जनताको भरोसा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको विकास र प्रगतिको लक्ष्य हासिल गर्न सकिने बताउनु भयो । राजनीतिको केन्द्र जनतामा हुनुपर्ने उहाँको भनाइ छ । उहाँले राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुने गरी उनीहरुको घरदैलोमा पु¥याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले महेन्द्र नारायण निधीजस्ता नेताहरूको लोकतन्त्रप्रतिकोे निरन्तर संघर्ष, त्याग र निष्ठाले नै आज हामी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस