२०८२ पुष २८ गते, सोमबार ००:५४

व्यवसायिक खेती गरी कृषिमा आत्मनिर्भर बनौँः मन्त्री अधिकारी

काठमाडौं-

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा आयोजित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले भइरहेको पुरातन खेती प्रणालीले कृषिमा आत्मनिर्भर बन्न नसकिने बताउनु भयो । उहाँले वर्षभरी माटोसँगै खेल्ने किसानकै घरमा ६ महिना पनि खान नपुग्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले कृषिलाई व्यवसायिकरण गर्नका लागि विभिन्न चरणमा नीति निर्माण गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । खाद्यवस्तु आयात गरेर सधैँ गुजारा नचल्ने भन्दै उहाँले मन्त्रालयले ठोस नीति निर्माणका लागि मन्त्रालयले गम्भीरतापूर्वक सोचेको बताउनु भयो ।

मन्त्री अधिकारीले किसानलाई गरिबीबाट मुक्त दिलाउने गरी तल्लो तहका किसानलाई अगाडि बढाउन नीति निर्माणका लागि सुझाव पेश गर्न समिति सदस्यहरुलाई आग्रह गर्नुभयो । मन्त्रालयमा आएको सुझावहरु एकीकृत गरी नीति निर्माण तहमा पु¥याउने उहाँको भनाइ छ ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस