२०८२ असार १७ गते, मंगलवार १६:०६

काठमाडौं-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी भइरहेको बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । नागरिक उडड्यनको क्षेत्रमा कुनैपनि बेला नतिजा आउने गरी तदारुकताका साथ काम गरिरहेको उहाँको दाबी छ । उहाँले उडड्यनको क्षेत्रलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न जहाज थप्नुको विकल्प नरहेको बताउनु भयो ।

धेरै वटा देशहरुबाट सिधा उडानको प्रश्ताव अएको उल्लेख गर्दै मन्त्री पाण्डेले १० वटा वाइडबडी र १० वटा न्यारोबडी थप्नुपर्ने बताउनु भयो । उहाँले सबैतिरबाट ध्वजावाहक जहाज नै चढ्न खोज्दा समस्या भएको बताउनु भयो । उहाँले लिजमा जहाज लिएर उडाउने प्रक्रिया अन्तिम चरणमा रहेको समेत बताउनु भयो ।

उड्डयनको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नेगरी सरकार हवाई नीति ल्याउने तर्खरमा रहेको समेत बताउनु भयो । विदेशी तथा स्वदेशी एयरलाइन्सहरुबीच टिकटमा देखिएको असमानता हटाउनको लागि समेत आवश्यक अध्ययन उहाँको भनाइ छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस