२०८३ असार २० गते, शनिबार १६:१८

अरब लिगद्वारा पश्चिमी सुडानमा अर्धसैनिक बलको आक्रमणको निन्दा

काठमाडौं-

अरब लिग (एएल) ले पश्चिमी सुडानमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) द्वारा गरिएको घातक आक्रमणको निन्दा गरेको छ । उत्तरी डार्फर राज्यको उम्म कडादा शहरमा भएको आक्रमणमा २० बालबालिका र करिव १४ राहतकर्मीसहित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन् ।

निर्दोष र जबरजस्ती विस्थापित बासिन्दाहरूलाई आक्रमण गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रश्ताव २७३६ को स्पष्ट उल्लङ्घन भएको जनाएको छ । अपराधीहरूलाई जवाफदेही बनाउन माग समेत गरेको छ । जुन २०२४ मा पारित प्रश्ताव २७३६ ले आरएसएफलाई उत्तरी डार्फर राज्यको राजधानी एल फाशेरमा घेराबन्दी रोक्न र लडाईंलाई कम गर्न माग गरेको छ ।

यसले लडाईंमा संलग्न पक्षहरूलाई द्वन्द्वबाट नागरिक र स्वास्थ्यकर्मीहरूलाई जोगाएर र द्वन्द्वबाट प्रभावित नागरिकहरूलाई मानवीय पहुँच प्रदान गरेर अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न पनि आवश्यक रहेको बताएको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस