२०८३ असार २० गते, शनिबार १४:५८

स्व. न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः देउवा

काठमाडौं-

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गिय चन्द्रप्रसाद न्यौपाने नेपाली काँग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा जिल्ला विकास समिति गोरखाका पूर्वसभापति तथा नेपाली काँग्रेसका नेता स्व। चन्द्रप्रसाद न्यौपानेको पहिलो वार्षिक स्मृतिको अवसरमा चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण गर्दै यस्तो बताउनुभएको हो । उहाँले स्व.न्यौपानेलाई आफूले नेपाली काँग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको उल्लेख गर्नुभयो । उहाँले स्व।न्यौपानेका परिवारले नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान गर्नुभएको जिकिर गर्नुभयो ।

सोही अवसरमा सभापति देउवाले स्व.न्यौपानेका दाजु कृष्णप्रसाद न्यौपानेलाई आफूले जेलमा भेट भएको र उहाँमा धेरै नझुक्ने, जुझारु व्यक्तित्व आफूले पाएको बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस