२०८३ असार २० गते, शनिबार १४:५६

नाइमाको औपचारिक घोषणा, आगामी साउनमा ‘नेपाल मोबिलिटी सो’ आयोजना गरिने

काठमाडौं-

नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) औपचारिक रूपमा घोषणा गरिएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच “मोबिलिटीमार्फत विकासको सशक्तीकरण” भन्ने नारासहित नाइमाको घोषणा गरिएको हो । अटोमोबाइल्स व्यवसायीको छाता सङ्गठन नाडा टुक्रिएपछि नाइमाको घोषणा गरिएको हो । नाइमाको घोषणा कार्यक्रममा अध्यक्ष ऋतुसिंह वैद्यले अटो मोबाइल र मोबिलिटी क्षेत्रको साझा आवाजको रूपमा स्थापना गरिएको बताउनु भयो ।

यस्तै, व्यवसायी सुहृदराज घिमिरेले सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो । उहाँले अटो मोबाइल क्षेत्रको साझा आवाजको परिमाण नाइमा स्थापना हुन पुगेको जिकिर गर्नुभयो । उक्त कार्यक्रममार्फत संस्थापक बोर्ड सदस्यहरूको घोषणा गरिएको छ ।

बोर्ड सदस्यमा सुहृदराज घिमिरे, शेखर गोल्छा, क्याबिनेट श्रेष्ठ, सौरभ ज्योति, सन्दीपकुमार शारडा, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल, हेमन्त गोल्छा र उदयन काबरा रहनुभएको छ । नाइमाले आगामी साउन २१ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी सो २०२५’ आयोजना गर्ने समेत घोषणा गरेको छ । जसको संयोजकको जिम्मेवारी गौरव सारडालाई दिइएको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस